हल्दीबारी । 

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा जाने श्रमिकहरूले केन्द्रमै आएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता रहेकाले सरकारले अहिले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।

झापाको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेनले श्रमस्वीकृतको निस्सा प्रदान गर्दै (हिजो) आईतबारदेखी बिदेश जानको लागि हल्दिवारीमा श्रम स्वीकृत दिन शुरु भएको हो । स्थानीय तहमै श्रमस्वीकृत दिन शुरु गरेपछि बिदेश जाने युवाहरुको समय र पैसाको समेत बचत हुन पुगेको कतारको लागि गाउँपालिकाबाट श्रमस्वीकृत लिन पुगेका देवीप्रसाद खतिवडाले बताए । 

गाउँपालिकाको सेवा केन्द्र मार्फत श्रमस्वीकृतको लागि निवेदन दिएको बढीमा २ दिनमा सबै प्रक्रिया पुरा गरेर श्रम स्वीकृत दिन सकिने जनाइएको छ। स्थानीय तहमै श्रमस्वीकृत लिन आउनेले सामाजिक सुरक्षा बापत २ हजार २ रुपैयाँ, कल्याणकारी कोषको लागि १५ सय रुपैयाँ र बिमा मार्फत र बिमा बापत ३७ सय ८ रुपैयाँ उमेर अनुसार थपघट हुन सक्ने भुक्तानी गर्नु पर्ने बताइएको छ।

सरकारले स्थानीय तहमै श्रम स्वीकृति गर्ने व्यवस्था कार्यान्वयन गरेरका कारण श्रमिकलाई सहज भएको  छ । यसअघि कुनैपनि श्रमिक वैदेशिक रोजगारीमा जानु पर्यो भने काठमाडौं ताहचलमै गएर लामबद्ध लाइन बसेर श्रम स्वीकृति लिनुपर्ने अवस्था थियो । जसले गर्दा हरेक दिन हजारौंको संख्यामा वैदेशिक रोजगारीमा जानुपर्ने श्रमिकले विविध समस्या भोग्दै आएका थिए ।