• चन्द्र बस्नेत 

कनकाई । 

नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेल बुधवार (आज) सुरुङ्गाका  दर्शकमाझ प्रस्तुत हुने भएका छन् । गायक खरेलले आज कनकाई ३ सुरुङ्गामा आफ्नो प्रस्तुति दिन लागेका हुन् ।

नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक खरेलले यसअघि भारतको आसाममा भएको ‘डेइजिङ फेस्टिभल’ मा ब्यान्डसहित प्रस्तुति दिईसकेको बताइएको छ। गायक प्रमोदले आफ्ना हिट गीतहरुलाई आज बेलुका ८ बजे हुने कन्सर्टमा प्रस्तुती दिने जनाएइएको छ । 

त्योसँगै पुराना लोक तथा नेपाली संस्कृति झल्कने गीतलाई पनि उनले प्राथमिकता दिने उनको भनाइ रहेको छ। उनका पछिल्ला गीतहरु बाटो, नोगेन, छाती चिरेर युट्युबमा ट्रेन्डिङमा पर्दै आएका छन् । कन्सर्टमा समेत प्रमोद नेपाल र विदेशमा अत्याधिक रुचाइएका गायकमा पर्छन्। २०५६ सालमा निर्दोषी मायालु गीतबाट नेपाली सुगम संगीतमा प्रवेश गरेका प्रमोद झापा बनियानीका स्थायी बासिन्दा हुन् । 

पहिलो एकल एल्बमले नै चर्चामा आएका खरेलले कहिल्यै पछाडि फर्किनु परेको छैन । खरेलका हालसम्म तीन हजार गीत तथा गजल रेकर्ड भएर बजारमा आएका छन् । आज  हुने कन्सर्टमा स्थानीय तथा अन्य रास्ट्रिय चर्चित कलाकारहरुको साथ समेत रहने महोत्सव संयोजक तथा होटल ब्यवसायी सघ झापा  जिल्ला सचीव खेम ओलिले जानकारी दिए।

आज साँझ कनकाई नगरपालिका ३ सुरुङ्गामा भइरहेको दोस्रो फुड फेस्टिवल एवम् साङगितिक साँझमा स्टेज तताउने बताईएको छ। हरेक दिन राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहदै आएको छ। प्रमोद खरेल बाहेक  स्थानीय र कोशी प्रदेशका अन्य कलाकारहरुले समेत कार्यक्रममा प्रस्तुती रहने र विभिन्न खेल तमासाहरु समेत रहने महोत्सव संयोजक ओलिले जानकारी दिए। महोत्सव कनकाई नगरपालिकाको संरक्षण जिल्ला होटल व्यावसायी संघको आयोजना तथा कनकाई होटल व्यावसायी संघको सह–आयोजनामा भइरहेको छ ।