झापा । 

स्वरका धनि झापाको बिर्तामोडका अर्नभ बन ‘द भ्वाइस किड्स नेपाल सिजन २’ फाइनल राउण्डमा प्रवेश गरेका छन् । अर्नभ गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ फाइनल राउण्डमा प्रवेश गरेका हुन् । टप १६ मा रहेका अर्नभको प्रस्तुती र उनका समर्थकको कारण टप ८ मा प्रवेश गरेका हुन् ।  

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको लाइभ राउण्डमा अर्नभको प्रस्तुती र प्रशंसकको समर्थनका कारण उनी फाइनल राउडमा प्रवेश गर्न सफल भएका र अझै पनि धेरै भन्दा धेरै भोट गरेर बिजेता बनाइदिन उनका बुबा आशिष बनले सवै समक्ष आग्रह गरेका छन् । 

छोरा अर्नभ गीत संगीतमा सानैदेखि एकदमै रुची राख्ने र उनको प्रस्तुती र समर्थकको सपोर्टले टप ८ मा पर्न सफल भएको उनकी आमा जीना सापकोटा बनलले जानकारी दिइन् । अर्नभका बुबा आमाले टिम प्रविशामा रहेका अर्नभलाई खल्ती एप्प डाउनलोड गरेर भोट गरी विजेता बनाउन सवैलाई आग्रह गरेका छन् ।  

अर्नभलाई बिजेता बनाउन उनका समर्थकले झापा तथा इलामका बिभिन्न स्थान र देश तथा बिदेशमा समुह बनाएर भोटिङ गर्दै आएका छन् । फाइनल राउण्ड आगामी जेठ ५ गते हुने छ ।