• रन्जित परियार 

बुट्टाबारी । 

नेपाल शिक्षक संघ झापाले ३४ औं स्थापना दिवसमा शिक्षक सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । संघका निवर्तमान सभापति नेत्रप्रसाद खरेललाई दोसल्ला ओडाएर अभिनन्दन गरिएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री बिश्व प्रकाश र कबिता शर्माले आफ्नो बुबा आमाको स्मृतिमा बितरण गरिने साबित्रा पर्शुराम स्मृति उत्कृष्ट शिक्षकहरु महेन्द्र बिलास लुइँटेल, बालकृष्ण पौडेल, धर्मनन्द निरौलालाई सम्मान गरेका छन् । 

त्यसैगरि पदमराम कुमारी उत्कृष्ट शिक्षक सम्मानबाट जगन्नाथ बि क, पुन्यप्रसाद स्मृति उत्कृष्ट शिक्षक सम्मानबाट लीलाप्रसाद भण्डारी, छबिलाल बराल, गुरुदेव भण्डारी रहेका छन भने उत्कृष्ट महिला शिक्षक सम्मानबाट माया गौतम, युवती राजवंशी, मोक्षकुमारी खतिवडा, उषा संग्रौला, कमलादेबि उप्रेती,  कमला बस्नेत र उत्कृष्ट प्रधानाध्यापकहरुमा माबितर्फ शेरबहादुर श्रेष्ठ, आधारभुततर्फ शेषकुमार निरौला र प्राबितर्फ  शोभा गुरुङलाई सम्मान गरिएको छ । 

त्यस्तै उत्कृष्ट शिक्षक रामकुमार बस्नेत, चन्द्रबहादुर घिमिरे, कुवरप्रसाद राजवंशी र कर्मचारीतर्फ दिनेशकुमार श्रेष्ठ लगायतलाई प्रशंसा पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सांगठानिक कृयाशिलता तर्फ कचनकवल गाउँपालिका सभापति मोहनप्रसाद राजवंशी र शिक्षक मैत्री सहकारीतर्फ मेचीनगरपालिकाका अध्यक्ष सुवास रिजाललाई सम्मान गरिएको थियो । 

शिक्षकहरुले पेशाप्रति इमान्दार रहि बालबालिकाहरुको भबिश्यप्रति जिम्मेवार रहि शिक्षण कार्य गर्नुपर्ने र सम्मानित शिक्षकहरुले राम्रो कार्य गरेकोले आज सम्मानित भएका भन्दै संघीय शिक्षा ऎन नबन्दा प्रदेश ऎन बन्न नसकेको र स्थानीय तहमा शिक्षकहरुको समस्या समाधान गर्न गाह्रो भएको र कति स्थानीय तहले आफू खुसी शिक्षा ऎन बनाइ शिक्षक नियुक्त र सरुवा आदि कार्य गरि शिक्षकहरुलाइ दुःख दिई रहेकोले यस्तो समस्या चाँडो समाधान गर्न अतिथिहरु संघीय प्रतिनिधि रुपक दाहाल नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाइ, प्रदेश पुर्ब उपाध्यक्ष कृष्णमाया रिजाल कोशी प्रदेश अध्यक्ष तेज प्रसाद चम्लागाइ, निवर्तमान अध्यक्ष नेत्रप्रसाद खरेल, शिक्षा बिकास समन्वय एकाइ झापाका प्रमुख राजकुमार बिश्वकर्मा, नेपाली कांग्रेसका जिल्ला सभापति देवकुमार थेबे लगायतले सरकारलाई सुझाव सहितको शुभ कामना मनत्ब्य राखेका थिए ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सरिता प्रसाइको प्रमुख आतिथ्य रहेकोको कार्यक्रममा संघका सभापति तोयानाथ दाहालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण देवेन्द्र चन्द्र राराजवंशीले गरेका थिए ।