मोरङ।
मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैंकहरुबाट पासवर्ड ह्याक गरेर बैंकबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् ।
सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको R.A. Vison Account solution pvt.ltd  फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैंक शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा अठ्ठाईस हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैंक शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट  पासवर्ड ह्याक गरी बिभिन्न मितिमा छैसठ्ठी हजार आठ रुपैयाँ निकालेको भनि जानकारी प्राप्त भएसँगै प्रहरीले सिग्देललाई पक्राउ गरेको हो । 
पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।