झापा । 

वैदेशिक रोजगार विभागको महानिर्देशक परिवर्तन भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सह–सचिव मदन दाहाललाई विभागको जिम्मेवारीमा पठाइएको हो ।  

 राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट दाहाल केही समयअघि श्रम मन्त्रालयमा सरुवा भएर आएका हुन् । नवनियुक्त महानिर्देशक दाहाल अर्थ मन्त्रालयअन्तर्गत २५ वर्ष काम गरेका अनुभवी मानिन्छन् । 

एनसेलको ६२ अर्ब कर निर्धारण समितिका सदस्य रहिसकेका दाहाल चर्चित नक्कली बिल प्रकरणमा पनि अनुसन्धान टोलीका सदस्य थिए । करिब नौ महिनाअघि विभागको महानिर्देशकको जिम्मेवारीमा गएका उमाकान्त आचार्यलाई मन्त्रालय तानिएको छ ।