झापा ।

बाह्रदशी जेसीजले १७ जना सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा आवश्यक पर्ने सबै खाले सामग्री हस्तान्तरण गरिएको हो ।  

बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरी सामग्रीदेखि ब्याग तथा जुत्तासम्म प्रदान गरिएको थियो ।  

विद्यार्थीको अभिभावकत्व ग्रहणसंगै उनीहरुलाई उच्च शिक्षा अध्ययन गर्दासम्म लाग्ने सबै खर्च जेसीजका पदाधिकारीले ब्यहोर्ने सम्झौता भएको छ । गाउँपालिका भित्र रहेका अति विपन्न परिवारका विद्यार्थी छनौट गरेर उनीहरुको अभिभावकत्व ग्रहण गरिएको बाह्रदशी जेसीजका अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीले बताए । 

बाह्रदशी १ मा रहेको अमृत माध्यमिक विद्यालयबाट दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ भने अन्य सामुदायिक विद्यालयका एक ÷एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको हो ।