झापा ।  

पछिल्लो समय बैदेशिक रोजगारमा मलेशिया जाने कामदारको मेडिकल सम्बन्धी समस्या बढेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम स्वीकृति दिने विभिन्न देशका शाखाहरू एकीकृत भएपछि सेवा दिने अवस्था भद्रगोल भएको ब्यवसायीहरुको गुनासो बढेको हो । 

ताहाचल कार्यालयमा व्यवसायीहरूलाई दुःख दिने नियतले एउटै फाइल पटक–पटक रिजेक्ट गर्ने कतिपय अवस्थामा मोलतोल गर्ने र कुरा मिलेमात्र काम गरिदिने ब्यवसायीको भनाई छ । 

पछिल्ला दिनमा वैदेशिक विगतमा मलेशिया मेडिकल समस्याको समाधान भइसके पनि अप्रत्यक्ष रूपमा रकमको मोलतोल गरेर दुःख दिइने गरेको ब्यवसायीको आरोप छ । शाखा मर्ज भएपछि काम गर्न सहज हुने विश्वास गरिएपनि त्यसको ठीक उल्टो भइरहेको जनाइएको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ताहाचल र पुलिस ब्यूरो समस्या समाधान समितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष सञ्जु गुरुङले शाखाहरू मर्ज भएपछि ताहाचलको सेवा प्रवाहमा समस्या देखिएको र गुनासो गर्ने क्रम बढेको बताए । समयमा श्रम स्वीकृति नपाउँदा वैदेशिक रोजगारीमा जान काठमाडौं आएका कामदारको बसाइ लम्बिने र उनीहरूको खर्च अनावश्यक रूपमा बढ्ने गरेको छ । 

संघका संयोजक गुरूङले व्यवसायीका सबै गुनासा कार्यालय प्रमुखसँग राखेर निकास निकालिने आश्वसन दिएका छन् ।