झापा । 

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका पाँच जना प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले पक्राउ फैसला कार्यन्वयनकोलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

अदालतको आदेश अनुसार जरिवाना रकम तोकिएको प्रतिबादीलाई जरिवाना रकम बुझाएपछि छाडिएको छ भने कैद र जरिवाना तोकिएको प्रतिबादीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालतको मिति २०७९/११/२५ गतेको फैसला अनुसार चोरी मुद्धामा ३० दिन कैद ९ हजार रुपैयाँ जरिवाना भई फरार रहेका भद्रपुर–६ का १९ बर्षिय  समिर भन्ने सुमिर हेमरम, अदालतको मिति २०७९/०६/०५ गतेको फैसला अनुसार अपराधिक उपद्रव मुद्दामा २ बर्ष कैद २० हजार रुपैयाँ जरिवाना भई फरार रहेका हल्दीबारी–२ का २० बर्षिय सुनिल किस्कु, अदालतको मिति २०७८/०२/०५ गतेको फैसला अनुसार लागुऔषध गाँजा मुद्दामा १ बर्ष १ महिना कैद ६ हजार ६५० रुपैयाँ जरिवाना भई फरार रहेका गौरीगञ्ज–४ का ६५ बर्षिय सरिया भन्ने बुद्धलाल राजबंशी पक्राउ परेका हुन् । 

त्यसैगरी झापा जिल्ला अदालतको मिति २०७९/११/२२ गतेको फैसला अनुसार चोरी मुद्दामा ३० दिन कैद २१ हजार रुपैयाँ जरिवाना भई फरार रहेका पाँचथर याङबरक गाउँपालिका–३ घर भई हाल भद्रपुर–२ बस्दै आएका २२ बर्षिय बसन्त लिम्बु भन्ने बसन्तकुमार सेलिङ पक्राउ परेका छन् । 

झापा जिल्ला अदालतको मिति २०७८/०९/०८ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा  २ हजार जरिवाना भई फरार रहेका मेचीनगर–५  का २८ बर्षिय अर्जुन श्रेष्ठलाई पक्राउ जरिवाना रकम दाखिला गरेपछि छाडिएको प्रहरीले जनाएको छ ।