झापा ।

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलपछि माओवादीले बाहिरिने निर्णय गरेको हो । 

मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति नजुटेपछि सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता भरतकुमार साहले जानकारी दिए ।

मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री, वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्यमन्त्री र एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् ।