काठमाडौं ।  

सरकारले संघीय संसद्मा पेस गरेको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको मंगलबार (आज) को बैठकले आर्थिक वर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

 बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा. बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । 

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक  जेठ १४ गते बस्नेछ ।