झापा । 

झापाबाट एक जना कैदी भागे भगाए सम्बन्धी मुद्दा र एक जना चोरी मुद्दामा फरारका प्रतिबादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार दुवै मुद्दाका फरार प्रतिवादीकालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतको मिति २०६५/०२/२६ गतेको फैसला अनुसार कैदी भागे भगाएको सम्बन्धी मुद्दामा २ महिना कैद दुईसय रुपैयाँ जरिवाना भई फरार रहेका अर्जुनधारा–११ का ४६ बर्षिय सागर दाहाल र अदालतको मिति २०७८/०७/१४ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा १ बर्ष ६ महिना कैद ७५ हजार रुपैयाँ  जरिवाना भई फरार रहेका बाह्रदशी–६ का २६ बर्षिय करण भन्ने नगेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी फरार रहेका २ जना प्रतिबादीहरुलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो ।

उनीहरु दुबै जनालाई अदालतको आदेश अनुसार  कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।