झापा । 

वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर कम्पनीको इजाजतपत्र नरोकिएको जनाएको छ । मंगलबार केही सञ्चार माध्यममा बिभागले म्यानपावर कम्पनीको इजाजत पत्र ररोकेको भन्ने समाचार बाहिरिएपछि नरोकिएको जनाएको हो । 

विभागले विज्ञप्ति जारी गर्दै म्यानपावर कम्पनीको इजाजत पत्र नरोकिएकाले भ्रममा नपर्न आग्रह गरेको छ ।  बिभागले वैदेशिक रोजगार ऐन र नियमावलीमा म्यानपावर इजाजतपत्र नवीकरण गर्न अनिवार्य रूपमा वार्षिक एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति लिएको हुनुपर्ने व्यवस्था छ ।

तर, जेठको पहिलो हप्तासम्ममा लाइसेन्स लिने व्यवसायीले असार मसान्तसम्ममा सय जना कामदार पठाउने सम्भावना नभएकाले नयाँ लाइसेन्स रोकिएको बिभागले उल्लेख गरेको थियो ।