झापा ।

झापाको बिर्तामोड नगरपालिका–५ कृष्णहल छेउमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राती ९ बजे मे. ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाईकल चोरी गरेर डोर्‍याउदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका १० का १८ बर्षिय हपन हेमरनलाई मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकलसहित पक्राउ परेका हेमरनको ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।