बिर्तामोड  ।  

झापाकोे बिर्तामोडमा व्यवसायिक कम्प्लेक्स सञ्चालनमा आएको छ । झापाको बिर्तामोड ५ को धर्मकाँटा रोडमा मायादेवी कम्प्लेक्स सञ्चालनमा आएको हो ।

पूर्व पश्चिम राजमार्गसँग जोडिएको कम्प्लेक्स पाँच तलाको छ । बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले कम्प्लेक्स निर्माण गरेका हुन् ।

बिहीवार(आज) बिहान आयोजित संक्षिप्त समारोहकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महतारा प्रसाई र सञ्चालक भट्टराईकी आमा मायादेवीले संयुक्त रुपमा कम्प्लेक्सको उद्घाटन गरेका छन् ।

भवनको दोस्रो तलामा एभरेस्ट लार्ज कार्डमम प्रालि, पूर्वाञ्चल इन्भेस्टमेन्ट प्रालि, मेची पोल्ट्री प्रालि र एनएस प्रालिको कर्पाेरेट अफिस सञ्चालनमा रहेको सञ्चालक भट्टराईले जानकारी दिए ।