झापा । 

बिना दर्ताको औषधी ओसार–पसार पैठारी निकासी मुद्दामा फरार रहेका एक जना प्रतिबादीले प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको मिति २०७६/१०/१४ गतेको फैसला अनुसार बिना दर्ताको औषधी ओसार–पसार पैठारी निकासी मुद्दामा फरार रहेका झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का २९ बर्षिय इतियाज आलमलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बिहीवार प्रतिबादी आलमलाई पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । 

अदालतको आदेश अनुसार प्रतिबादी आलमलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रतिबादी आलमलाई १ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।