काठमाडौं ।

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि नेकपा माओवादी केन्द्रले संसदलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन सहयोग गर्न आग्रह गरेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताएका छन् । शुक्रवार(आज) बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधिसभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् । 

उनले भने भ्रष्टाचार भइरहेको विषय छानबिन गर्नुपर्ने, सरकारले आफ्नो कुरा राख्छ, आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्रीले आफ्नो कुरा राख्ने बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरीमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद अवरोध गरेका छन् । बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।