झापा । 

कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका ४५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पहिचानबादीहरुले विराटनगरस्थित प्रदेशसभा आइतबार घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोडेपछि उनीहरुलाई  प्रहरीले पक्राउ गरेको हो । 

प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएको छ । प्रदर्शनकारीले घरेलु हतियारसहित आन्दोलनमा उत्रिएका छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ ।