बिर्तामोड ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जारी मतगणना जारी रहेको छ ।  खानेपानीमा ८ हजार ७५४ जना मतदाता संख्या रहेपनि ३ हजार ७६४ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । पछिल्लो मतगणना अनुसार मेघराज बास्तोला नेतृत्वको प्यानल लोकतान्त्रिक राष्ट्रवादीले अग्रता कायम गर्दै आएको छ । 

मंगलबार बिहान ७ः ५० को मतगणना अनुसार १९१० मत गणना हुँदा लोकतान्त्रिक– राष्ट्रवादी समूहका अध्यक्षका उम्मेद्वार मेघराज बास्तोला १२५५, उपाध्यक्ष शैलेन्द्र सिटौला १०१६, सचिव पारस मैनाली ११८५, कोषाध्यक्ष शारदा रिजाल ७४१, खुल्ला सदस्यमा आनन्द गुरुङ ९०९, खगेन्द्र थापा ८१५, महिला सदस्यमा बालादेवी खरेल ९२०, माया प्रधान खड्गी ९६८ र कमला अग्रवालले ९९३ मत ल्याएका छन् । 

त्यस्तै स्वतन्त्र प्रगतिशील प्यानलका अध्यक्ष पदका उम्मेद्वार देवेन्द्र सिटौला ४५६, उपाध्यक्ष प्रदीप खरेल ६१४, सचिव विष्णुप्रसाद चुडाल ४१४, कोषाध्यक्षमा विनिता राजवंशीले ३१८ मत प्राप्त गरेका छन् ।  खुला सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ ४६६, सुनिल शिवाकोटी ३७८, महिला सदस्य तारा राई ५२१, पुनम अधिकारी सुब्बा ५०८ र सीमा सिलवाल ढुंगानाले ४८५ मत प्राप्त गरेका छन् ।

यता स्वतन्त्रबाट कोषाध्यक्ष पदका उम्मेदवार केशवकुमार श्रेष्ठले ४डढ र खुल्ला सदस्यमा बलराम सिटौला (राम) ले ३१३ मत ल्याएका छन् ।