बिर्तामोड । 

युवा ब्यवसायीहरुको समुहले नेपाल युवा उद्यमी मञ्चको १२ औं च्याप्टरका रुपमा झापा शाखा स्थापना गरेका छन् ।  झापाको बिर्तामोडमा मंगलबार (आज) एक समारोहकाबिच मञ्चको झापा शाखाको औपचारिक स्थापना गरिएको जानकारी दिइएको हो । 

मञ्चको झापा शाखाको संस्थापक अध्यक्षका रुपमा प्रवेश बस्नेत रहेका छन् । च्याप्टरको प्रथम उपाध्यक्षमा डा. रुपेश बेलबासे र दोस्रो उपाध्यक्षमा सुरज चौधरीलाई मनोनित गरिएको छ । 

झापा च्याप्टरमा जम्मा ३७ सदस्य रहनेछन् भने ११ सदस्यीय च्याप्टरको कार्य समिति रहने जनाइएको छ । काठमाडौं, पोखरा, ललीतपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली, बिरगञ्ज, जनकपुर  बिराटनगर र सुनसरीमा यसअघि नै स्थापना भई करिब ८ सय युवा उद्यमीहरु प्रत्यक्ष रुपमा सहभागी भइसकेको जनाइएको छ । 

यस संघको सदस्य बन्नलाई २० देखि ४० बर्षको हुनुपर्ने, कुनैपनि किसिमको ब्यवसायमा सक्रिय रुपमा संलग्न हुनुपर्ने र नेपालको ब्यवसायिक वातावरणमा योगदान गर्न सक्ने क्षमता भएको हुनुपर्ने प्रावधान रहेको छ । 

मञ्चले मेक अ मार्क, नेशन फष्ट, हङ्गर फर लनिङ र ग्रोथ विथ शेयर भिजन गरी ४ वटा उदेश्यलाई आत्मसाथ गर्ने जनाइएको छ । मञ्च नेपाल उद्योग बाणिज्य महासंघद्धारा प्रवर्धक  संस्था भएको जनाइएको छ । 

मञ्च नेपाल युवा उद्यमी मञ्च, सार्क युवा उद्यमी मञ्च, विश्व युवा उद्यमी मञ्चको संस्थापक सदस्य र कमनवैल्थ एशिया एलायन्स अफ योङ अन्टरपेनर्स (सीएएवाईई) को पर्यवेक्षक सदस्य रहेको बताइएको छ ।