झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ साठीविघाबाट २ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको सुपारी प्रहरीले नियन्त्रण गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी  टोलीले विल तथा कागज पत्र नभएको ४ सय ५० केजी सुपारी मंगलबार नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिइएको सुपारी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।