झापा । 

वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिने प्रलोभन देखाएर ४० लाख रुपैयाँ लिएर सम्पर्क बिहीन भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले दोलखाको बैतेश्वर नगरपालिका–३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिनलाई पक्राउ गरेको हो । उनलाई ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 फुर्पा शेर्पालगायतलाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्दै प्रतिव्यक्ति १७ लाख गरी ४० लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको र पीडितको उजुरीको आधारमा पाख्रिनलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । 

 पाख्रिनलाई वैदेशिक रोजगार ऐनअन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।