झापा । 

पाँच वटा चोरी मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०७८/१२/०८ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा फरार रहेका झापाको कनकाई नगरपालिका–५ का २४ बर्षिय सुजन मण्डललाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी बुधबार फैसला कार्यन्वयन गर्न झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो ।

अदालतको आदेश अनुसार ती प्रतिबादीलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती प्रतिबादीलाई ६ महिना कैद ५० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जानकारी दिएको छ ।