बिराटनगर । 
सुनसरी र ईलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधवार साँझ नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१७ का ३४ बर्षीय मनिष पाण्डे, धरान-११ का ३५ बर्षीय सुर्य कुमार राई , झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका-२ का ४१ बर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् ।
पाण्डे र राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।  प्रदेश १-०२-०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रवारेको भित्री सडकमा दक्षिणबाट उत्तर तर्फ आँउदै  गरेका उनीहरुलाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी  प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका-२ बाट राजवंशी र बिश्वकर्मालाई  ०.४६ मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ ।
मे.१.ह.३२२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार रहेका उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।