• राजु बराल 

चन्द्रगढी ।

झापाको भद्रपुरमा दुई दिवशिय नगर युवा सम्मेलन २०८० आज (बिहीबार)  शुरु भएको छ । स्थानिय बिकासमा युवा सहभागिता, नेतृत्व बिकास, प्रबिधि र उद्यमशीलता भन्ने मुल नारा रहेको सम्मेलनको आयोजना भद्रपुर नगर युवा परिषदले गरेको हो । 

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले उदघाटन गरेको उक्त सम्मेलनमा भद्रपुर नगरपालिकाका १६ देखि ४० बर्ष उमेर समुहका दुई सय जनाको सहभागिता रहेको युवा परिषदले जनाएको छ । 

दुइ दिनसम्म सन्चालन हुने सो सम्मेलनमा बैज्ञानिक तथा सामाजिक अभियन्ता महाबिर पुन, कवि नवराज पराजुली, पत्रकार टिकाराम यात्री, माधव ढुङ्गेल, प्रदिप पौडेल, सोनिका पौडेल, महेश दाहाल लगायतले बिकासमा युवा सहभागितासहित सामाजिक, आर्थिक, राजनितिक र बैज्ञानिक सिप, प्रबिधिको प्रयोगको बारेमा सहजिकरण गर्ने कार्यक्रम छ ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रमको अध्यक्षता भद्रपुर नगर प्रमुख गणेश पोखरेल, स्वागत सरोज ढकाल र सन्चालन योगेन्द्र पौडेलले गरेका थिए ।