झापा । 

झापाबाट बिभिन्न मुद्दामा फरार रहेका एक महिलासहित तीन जना प्रतिबादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका तीन जना प्रतिबादीहरुलाई बिहीवार पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनकोलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको हो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७९/०१/०५ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका अर्जुनधारा–११ का ४८ बर्षिया माहिला तामाङ भन्ने रविन तामाङ,  अदालतको मिति २०७६/०३/०१ गतेको फैसला अनुसार लागूऔषध (गाजा) मुद्दामा १५ दिन कैद ठहरी फैसला भई फरार रहेका गौरीगञ्ज–६ का ६३ बर्षिया मिना भन्ने भुटिकुमारी राजवंशी र अदालतको मिति २०७८/१२/०८ गतेको फैसला अनुसार चोरी मुद्दामा २ महिना कैद र  ५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका कनकाई नगरपालिका–५ का ३५ बर्षिय मोहन साह रहेका छन् ।