• प्रकाश उप्रेती 

झापा । 

झापाको मेचीनगर नगरपालिकाले भौतिक संरचना निर्माण गर्दा त्रुटि गरेको खुलासा भएको छ । नगरभित्र भौतिक संरचना ड्रेन, प्लमवाल, कल्वर्ड, बाटोको स्तरोन्नति, कालोपत्रे निर्माणको क्रममा त्रुटि गरेको पाइएको हो । वडा, नगर र प्रदेशबाट बिनियोजन भएको बजेटबाट संरचना निर्माण गर्दा स्थलगत निरीक्षण सर्भे गर्दा नै त्रुटिपूर्ण सर्भे गरेको पाइएको हो ।

माओवादी केन्द्र मेचीनगर–१४ ले अनुगमनका क्रममा नेपाल सरकारबाट बिनियोजित बजेट अन्तर्गत मेचीनगर–१४ स्थित पुस्पलाल मार्गमा निर्माणाधीन प्लमवालसहितको कालोपत्रेमा उक्त त्रुटि पाएको केन्द्रका इन्चार्ज अपुर्ब डाँगीले बताए । 

बाटोको स्तरोन्नति अन्तरगत कालोपत्रे गर्दा बाटोको सतह नमिलेको, बाटोको बीचमा बिगतदेखि भएको ह्युमपाइपलाई ब्यवस्थापन नगरी कालोपत्रे गर्न खोजेको, निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले  सूचना बोर्ड नराखेको लगायतका त्रुटि पाएको हो । अनुगमनका क्रममा देखिएका समस्याबारेमा वडा र नगरमा जानकारी गराउने सुधार नगरे काम रोक्ने चेतावनी दिएको इन्चार्ज डाँगीको भनाई छ ।

ठेकेदार कम्पनी टिमाई भ्यालीले २०७९ फागुन महिनामा सम्झौता गरेर काम सुरु गरेको थियो । हाल प्लमवालको काम २५० घनमिटरको काम सम्पन्न हुनै लाग्दासम्म पनि नागरिकलाई सूचनाको हकबाट बन्चित गरेको अनुगमनका क्रममा पाएको थियो ।

अनुगमनकाका क्रममा सम्झौतापछि ढिलै काम सुरु गरेपनि सम्बन्धित निकाय मेचीनगर पालिका र वडा कार्यालयले आवश्यक अनुगमन र स्थानीय बासिन्दासँग समन्वय नगरी निर्माण सुरु गरेको स्थानीयले गुनासो गरेको थिए । ठेकेदार कम्पनीले ठेक्का पारेर निर्माण सुरु गरेपनि नगर र वडाले स्थानीयसमक्ष समन्वय नगर्नुले ठेकेदार, जनप्रतिनिधि र कर्मचारीको मनोमानीमा निर्माणाधीनको गुणस्तर कम हुने स्थानीय चिन्ता छ ।

turti

ठेकेदार कम्पनी ठेकेदार कम्पनी टिमाई भ्यालीका प्रोपाइट दिपक दाहाल केसीले नगरपालिकाका कर्मचारीका करण आफुले समयमै सूचना बोर्ड राख्न नसकेको स्वीकार गरेका थिए ।  उनले सूचना बोर्ड राखिहाल्ने बचन दिए । कर्मचारी र सम्बन्धित बिभागका प्रमुखको अनुपस्थितिमा काम गर्दा रकम निकासा गर्नदेखि सामान्य काममा पनि दिनै कुरेर बस्नुपर्ने नगरको बेतिथिले समस्या आएको ठेकादार दाहालको गुनासो थियो । प्लमवाल निर्माण गर्दा गिट्टी बालुवा र सिमेन्ट ६० प्रतिशत र ४० प्रतिशत ढुंगा प्रयोग गर्न पाउने प्राबिधिक पेपरमा उल्लेख छ । 

तर, ठेकेदारले प्लमवाल निर्माण गर्दा ८० प्रतिशतसम्म ढुंगा प्रयोग गरेको पाइएको निर्माणा स्थलको तस्बिरले पुस्टि गरेको माओवादी केन्द्र मेचीनगर–१४ का अध्यक्ष हेमकुमारी शिवाकोटीको भनाई छ । स–साना १० देखि २० सिएमको ढुंगाको प्रयोग गर्ने स्टिमेटमा उल्लेख भएपनि प्लमवाल निर्माण गर्दा मनोमानी ढंगले ठुला ढुंगाा प्रयोग गरेको प्रमाण रहेको उल्लेख छ ।

मेचीनगर–१० र १४ मा पर्ने पुस्पलाल मार्ग १ करोड बजेट भएपनि भ्याटसहित ९६ लाखमा निर्माण गर्न नगरले ठेकादार कम्पनीलाई दिएको हो । ५ सय २० मिटर लम्बाई र १८ फुट चौडाई र ४० इन्च मोटाइको कालोपत्रे निर्माण हुँदा २ ठाउँमा कमजोर ह्युमपाईप छ । उक्त कमजोर पाइपमाथि नै कालोपत्रे बिच्छ्याउने योजना बनाएको मेची नगरपालिकाका इन्जिनियर रोशन रिमालले बताए । स्थानीयले ह्युम पाइप छ भनेपछि नजानिदो पाराले सर्भे गर्दा त देखिएन भन्छ्न् इन्जिनियर रिमाल । सोहि बिषयलाई लिएर स्थानीय युवाले बुझाएपछि स्टिमेट अनुसार काम हुने इन्जिनियर रिमालको भनाई छ । पुस्पलाल मार्ग र नवजीवन मार्गमा ५ दशक यता सिँचाइका लागि गोझा पैनिमा निकासका लागि ह्युमपाईप हालेको थियो ।