मेचीनगर । 

विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसको अवसरमा विहिवार विविध कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सवै बनौ जिम्मेवार , नगरौँ ज्येष्ठ नागरिकलाई दुर्व्यवहार’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

हिंसाको श्रृङखला बन्दः ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा सम्बोधनका लागि नीति नियम र प्रमाणमा आधारित प्रतिक्रियासहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दैँ प्रमुख अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘ज्येष्ठ नागरिक मैत्री सम्मान’ नगरका रूपमा मेचीनगर नगरपालिकालाई घोषणा गर्ने गृहकार्य शुरू गर्न ज्येष्ठ नागरिक समाजलगायत सवै लाग्न आग्रह गरिन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मोहनसिंह तामाङ , रामकुमार कट्टेल, दिलबहादुर थापा, जगतलाल गुभाजु, सीता राई र गौमाया श्रेष्ठलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि नगर उपप्रमुख उप्रेती, ज्येष्ठ नागरिक समितिका वरिष्ठ उपाध्यक्ष हिम्मत क्षेत्रीलगायतले उनीहरूलाई दोसल्ला उढाएर सम्मान्न गरिएको थियो ।