बिर्तामोड । 

होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुःन इन्दिरा श्रेष्ठ निर्वाचित भएकी छन् । शुक्रबार बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनबाट श्रेष्ठ  पुःन अध्यक्षमा  निर्विरोध निर्वाचित भएकी हुन् । 

बरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली,  उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी, कोषाध्यक्षमा रमेश मगर निर्विरोध चयन भएका छन् । 

त्यस्तै, सदस्यहरुमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला, टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वुलामा शेर्पा, भिम सुब्बा र चन्द्रा बुढाथोकी चयन भएका छन् । 

उद्धघाटन समारोहमा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।