बिर्तामोड । 

प्यासिफिक एशियन ट्राभल एसोसिएसन (पाटा) बिद्यार्थी  च्याप्टर (एएसएम) को आयोजनामा बिश्व पर्यटन दिवस मनाइएको छ। ‘टुरिजम ग्रीन इन्भेष्टमेन्ट’ भन्ने मुल नारालाई आत्मसात गर्दै पर्यटन दिवस मनाइएको हो। 

आदर्श स्कुल अफ म्यानेजमेन्ट र पूर्वान्चल उच्च माबि बिर्तामोडको संयोजन तथा सुरुवाती कोठा नेपाल, ट्रेक ८५८६, प्याक एन्ड प्याडल नेपाल, आदर्श ब्याङ्केट लगायतको सहकार्यमा प्रभात फेरी गरिएको हो।

आदर्श कलेजको प्राग्रणबाट शुरु भएको र्‍यालीले मुक्ति चोक परिक्रम गरेको थियो। र्‍यालीमा प्याक एन्ड प्याड्लका सदस्यहरुले साइकल र्‍यालीसमेत गरेको कार्यक्रममा ट्रेक ८५८६ ले बिद्यार्थीलाई ट्रेकिङमा जाँदा ध्यान दिनुपर्ने कुराको बारेमा प्रदर्शन गरिएको थियो ।

र्‍यालीमा ४ सय वढीको सहभागीता रहेको थियो। प्रत्येक बर्ष झापा बिश्व पर्यटन दिवस  मनाउदै आएको आदर्शका सन्जोग खरेलले बताए ।