झापा । 

वैदेशिक रोजगार कार्यालयले कर्मचारीलाई १५ दिने अरेबियन भाषा तालिम दिने भएको छ । विभागको ताहाचल कार्याले कर्मचारीका लागि १५ दिने अरेबियन भाषा कक्षाको शुरुवात गरेको जनाएको हो ।  

बिभागले भाषा कक्षामा वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत कर्मचारीसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगारी विभागका कर्मचारीसमेतलाई सहभागी गराउने  भएको छ । 

नेपाली कामदार वैदेशिक रोजगारीका लागि जाने श्रम गन्तव्य मुलुकबाट भिसाको व्यहोरा अरेबियन भाषामा रहने गरेको छ । भाषा तालिमपछि  भिसा जाँच, मागपत्र र भिसामा उल्लेख हुने पेशाको जाँचलगायत प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्रदान गर्ने काममा कर्मचारीको दक्षता बढ्ने बिभागको भनाईछ ।