चारपाने । 

विश्व दृष्टि दिवसको अवसर पारेर झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयमा अभिमूखिकरण तथा आँखा परिक्षण गरिएको छ । 

बिर्तामोड आँखा अस्पताल र सहारा नेपाल साकोसको संयुक्त आयोजनामा ‘लभ युवर आइज एट वार्क प्लेस’ भन्ने विश्व नाराका साथ बिहीवार (आज) विश्व दृष्टि दिवस मनाइएको हो । 

आँखा अभिमूखिकरण सम्बन्धी कार्यक्रमको सहजीकरण बिर्तामोड आँखा अस्पतालका तालिम संयोजक बिनोद दाहालले गरेका थिए । सहजीकरणका क्रममा दाहालले आँखाको समस्या र त्यसलाई सुरक्षित गर्ने उपायहरुका बारेमा जानकारी दिएका थिए । 

aakha chek

उनले विश्वको आँखा समस्याको तथ्याङ्क जानकारी दिदै नेपालमा १ लाख २० हजार दृष्टि बिहीन भएको बताए । उनका अनुसार ४२ हजार प्रत्येक बर्ष दृष्टि बिहीन हुने गरेका छन् । उनले ३ लाख ३० हजार बालबालिकाको आँखा कमजोर भएको र ४ लाखबढीको आँखामा समस्या देखिएको तथ्याङ्क सार्वजनिक गरेका थिए । 

अभिमूखिकरणपछि सहारा नेपाल साकोसका कर्मचारीहरुको आँखासमेत परिक्षण गरिएको थियो । बिर्तामोड आँखा अस्पतालका प्रशासन बिभाग प्रमुख भरत सापकोटा, प्राविधिक जुनु नेपाली र भावना गनगाईले कर्मचारीहरुका आँखा परिक्षण गरेका थिए । संस्थाको जीवन बर्दान कार्यक्रम स्वास्थ्य युनिटको पहलमा विश्व दृष्टि दिवसको अवसर पारेर कार्यक्रम गरिएको संयोजक भक्तबहादुर खड्काले जानकारी दिए । 

कार्यक्रममा साकोसका कोषाध्यक्ष डम्बर देउजा, सञ्चालक सदस्य भोला धिताल, निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौलालगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन साकोसका तालिम अधिकृत मात्रिका सुवेदीले गरेका थिए ।