भद्रपुर । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई मानव वन्यजन्तु द्वन्द सम्बन्धी ध्यानाकषर्ण पत्र बुझाएकोे छ ।  झापा जिल्लामा पछिल्लो समय भारतबाट दिनहु दर्जनौको संख्यामा बाउने जंगली हात्ती विषेश गरि साविक बाहुनण्डाँगी हाल मेचीनगर नगरपालिका १, २, ३, ४ र ५ वडामा वढी भन्दा वढी प्रकोप रहेको भन्दै प्रधानमन्त्री वालेनलाई ध्यानाकषर्ण पत्र बुझाएकोे हो । 

जिल्लाका प्राय पालिकाहरुमा यी र यस्ता प्रकारका जंगली जनावरको प्रकोप रहेको र यसलाई अल्लपकालीन र दीर्घकालीन उपायहरु अवलम्वन गरि मानव जातिको आफू र आफनो परिवार वाच्न र बचाउन पाउने अधिकार रहेको नेपालको संविधान २०७२ ले हरेक मानिस बाच्न पाउने उसको अधिकारलाई राज्यबाट गरिनु पर्ने  जनताको जिउ ज्यान र धनको सुरक्षा हुनको साटो राज्यबाट उक्त विषयमा गम्भीर ध्यान नपुगेको नेकपाको ठहर । यस बिषयप्रति पार्टीको गम्भीर ध्यानाकषर्ण भएकोे भन्दै नेकपाका केन्द्रिय सदस्य, झापा जिल्ला सह–इन्चार्ज एवम् राष्ट्रिय जागरण अभियान मेचीनगरका प्रमुख बासु दुलालको नेतृत्वमा गएको पार्टीको टोलीले ध्यानाकषर्ण पत्र बुझाएको हो ।  

विगतको प्रयास र तिनको प्रभावकारीता :

नेकपाले यो समस्या समाधानका लागि विगतमा केही कार्यहरु भएको पाईन्छ जस्तै मौरी पालन, हातीवार रोपन, खाल्डो खन्ने, विद्युतिय तार बार दुइ निर्माणलगायत बाट पनि खासै रोक थामका लागि ठोस सफलता हुन नसकेको निष्कर्ष निकाल्दै बुधवार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत प्रधानमन्त्रीलाई ध्यानाकषर्ण पत्र बुझाएकोे छ । 

गत २०६५ सालमा तत्कालीन ने.क.पा. मातीवादी पार्टीको तर्फबाट सो क्षेत्रमा विजयी संविधानसभा सदस्य धर्मप्रसाद धिमिरेको नेतृत्वमा ६ किमि विधुतिय तार बार निर्माण कार्य भएको थियो । त्यसले उक्त क्षेत्रमा केही राहत महसुस भएको जनतामा अनुभव छ । त्यसकै निरन्तरता १८ कि.मि विधुतिय तार बार निर्माण भएको छ । त्यसकी निरन्तर मर्मत र रेखदेख लगायतको समस्याले गर्दा हात्तीले उक्त तारलाई पनि हात्तीले अनुकुलतामा चुट्याउने र भित्र प्रवेश गर्ने गरेका हुदाँ हाल जनतामा ठूलो आतङ्क सृजना भएको नेकपाएले जनाएको छ । पार्टीले हाल तथा तत्काल गर्नु पर्ने ५ बुँदे उपाध्यक्षहरु र ६ बुँदे दीर्घकालिन उपाहरुसमेत पत्रमा उल्लेख गरेको छ । 

तत्काल गर्नुपर्ने उपायहरुः 

१) अत्यन्त प्रभाषित क्षेत्रमा न्युनतम १ देखी २ वटा ट्याकटर सुरक्षा निकायको बाक्लो उपस्थिती एवम् ट्याक्टरमा ५ देखि १० जनाको संख्यामा टोली खटाउने मानवीय क्षेती तथा बन्न बाली नष्ट गर्न बल प्रयोग गरो भने रवरको गोली प्रयोग गर्ने र उसलाई उस्कै वासस्थान तिर फर्काउने कोशीस पर्ने ।

२) हाल अवस्थीत विदुतीय तार बार (इलेक्ट्रो फेन्सीङ) को पश्चिमपट्टिको बाटोलाई न्यूनतम सवारी साधान संचालन गर्न उक्त बाटोलाई तत्काल मर्मत गर्नु पर्ने ।

३) विभिन्न निकायबाट बिगो वापतको क्षतिपूर्ति राहात घट्ना घटेको ७ दिन भित्रमा पिडितसाई उपलब्द गराउनु पर्ने ।

४) ३०००/– हजार रकम लिनलाई दशौं पटक धाउने कार्यको अन्त्य गर्नु पर्ने ।

५) स्थानिय युवा र किसानलाई सुरक्षितसहित हात्ती रोकथामका लागि सुरक्षा निकायले समन्वय गरि परिचालन गर्नु पर्ने, उत्त कार्य गर्नलाई आवश्यक सामाग्रीको व्यवस्था तत्काल गर्नु पर्ने ।

दीर्घकालिन रोकथामका लागि गर्नु पर्ने केहि उपायहरु:

१) हाल अवस्थित विदुतिय तार बारलाई (इलेक्ट्रो फेन्सीङ) वप व्यवस्थित गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्नु पर्ने ।

२) हात्ती प्रभावित क्षेत्र विषेश गरि मेचि नदि रहेको नदी हुँदा उक्त क्षेत्रमा न्यूनतम ५ मिटर अग्लो ढुङ्गासहितको तारजालि (बाँद) लगाई नदि नियन्त्रण तथा हात्ती रोक्ने कार्यका लागि सम्बन्धीत निकायमा पहल गर्ने र उक्त कार्य गर्दा हजारौं विघा जमिन नदि उकास भई खेती योग्य हुने, उक्त क्षेत्रबाट व्यवस्थीत नर बनाई सिचाईको व्यवस्थापन गरि र हात्ती प्रभावित क्षेत्रका किसानहरुको आम्दानी भरपर्दो स्रोत ग्यारेन्टी गर्न नेपाल सरकारबाट आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने ।

३) अहिले सम्मको हात्तीले आवज जावज गर्ने (Practic) हेर्दा सहज र सरल बाटो मात्रै प्रयोग गरेको देखिन्छ । इलेक्ट्रो फेन्सीडको जमिनको भागमा न्यूनतम चार मिटर कक्रिट गरि सो माथि न्यूनतम ४–५ इन्च छोटा डण्डीका टुक्रा तिखो बनाई जमिनमा विछ्याउँदा सोडीका टुक्राहरु उखाल्न पनि नसक्ने,

सो क्षेत्रबाट हात्ती आवज जावज गर्न गाह्रो हुने भएकोले हात्तीको दीर्घकालिन रोकथाम हुने हुँदा सम्बन्धीत निकायमा सो कार्य गर्न आवश्यक बजेटको व्यवस्थापन गर्न हाम्रो माग रहेको ।

४) हाल कायम रहेका मानिस तथा सवारी साधन आवज जावज गर्ने गेटलाई थप व्यवस्थीत गरि हाल कायम रहेका कर्मचारीहरुको पारिश्रमीकलाई बर्तमान कानूनले तोके अनुसारको उसले पाउनु पर्ने, मासिक तलबलाई चालु आ.व बाट नै लागू हुने गरि व्यवस्थापन गर्नु पर्ने ।

५) हात्ती तथा अन्य वन्यजन्तुबाट यदि कसैको मृत्यु भएमा राज्यबाट रु.२०,००,०००/– राहात तत्काल उपलब्ध गराउनु पर्ने, साथै सो परिवारमा रहेका अन्य सदस्यहरुलाई उसको क्षमता योग्यताको आधारमा राज्यले नै रोजगारको व्यवस्थापन गर्नु पर्ने ।

६) बजारमा सुन्न आएको कथा कथित हात्ती कोरिडोरको नारालाई सधैंको लागि अन्त्य गर्न पर्ने, अन्यथा उक्त कार्यक्रम राज्यले जबरजस्ती बल प्रयोग गरि कोरिडोरको नाराले जनतालाई सास्ती दिएमा हाम्रो पार्टी नेपाली कम्यूनिष्ट पार्टीको मुख दर्शक भएर बस्ने छैन, भनी वो ध्यानकर्षण पत्र श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू मार्फत नेपाल सरकारलाई बुझाउँद छौं ।

ध्यानाकषर्ण पत्रमा नेकपा क्षेत्र नं १, झापाका क्षेत्रीय ईन्चार्ज ज्ञानेन्द्रप्रसाद मण्डारी, क्षेत्रीय संयोजक क्षेत्र नं १ इन्दीरा कार्की, नेकपा मेचीनगरका इन्चार्ज राजु दाहाल, मेचिनगर संयोजक खगेन्द्र सिग्देलले हस्ताक्षर गरेका छन् । उक्र पत्र हस्तान्तरण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य डिल्लीराम घिमिरे (हिक्मत) को पनि उपस्थिति रहेको पार्टीका नेता दीपक उप्रेतीले जानकारी दिए ।