झापा । 

गत असोज महिनामा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा इण्डेक्स रिक्रुटमेन्ट प्रालि म्यानपावर रहेको छ । इण्डेक्सले असोजमा ५ सय कामदारको श्रम स्वीकृति लिएर असोज महिनामा धेरै कामदार पठाउने सुचीमा परेको छ । 

दोस्रो स्थानमा एसपीएम ओभरसिज प्रालिले ४८४, नीलकमल ह्युमन रिसोर्स प्रालिले ४७७, एयर किंग्स प्लेसमेन्ट प्रालिले ३५७,  दि रिभर ओभरसिज प्रालिले ३४४,  सपोर्ट ह्युमन रिसोर्स प्रालिले ३३२,  प्याराडाइज इन्टरनेशनल प्रालिले ३२८, सान नेपाल प्रालिले ३२१, एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालिले ३१८, बेष्ट रिक्रुटमेन्ट सर्भिस प्रालिले ३०६, अञ्जली ओभरसिज सर्भिस प्रालिले २६६ जना कामदारको श्रमस्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ । 

त्यसैगरी शिखर इन्टरनेशनल ओभरसिज प्रालिले २४३, नाइस रिक्रुटमेन्ट एजेन्सी प्रालिले २२६, स्टाइरिस एचआर सर्भिस प्रालिले २१८, एसआरके ओभरसिज प्रालिले १९९, अक्सफोर्ड इन्टरनेशनल प्रालिले १९५, वाइड स्पेस इन्टरनेशनल प्रालिले १८६, जब सिकर म्यानपावर प्रालिले १८४, इण्डो अरब म्यानपावर प्रालिले १७९ र एसओएस म्यानपावर सर्भिसेज प्रालिले १७६ जना लगायतका म्यानपावरहरुले कामदार पठाएका छन् ।