सुरुङ्गा । 

अन्तराष्ट्रिय झापाली समाजको नवनिर्वाचित अध्यक्ष र महासचिवलाई सुरुङ्गामा स्वागत तथा सम्मान गरिएको छ ।  झापाको बिर्तामोडमा सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष कुमुन्द ढुङ्गाना, महासचिव नविन पोखरेल र समाजका संस्थापक अध्यक्ष सुरुङ्गाका दिनेश पोखरेललाई रोटरी लगायातका संघ संस्थाले सोमवार  सुरुङ्गामा स्वागत तथा सम्मान गरेको हो । 

रोटरीका अध्यक्ष शिव कडेँल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष तथा प्याप्सनका केन्द्रिय सदस्य  एलपी उप्रेती, जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थलका अध्यक्ष ख्याम सिटौला, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसिजका अध्यक्ष प्रविन तिम्सिना, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहोरा, शिक्षासेवी तथा रोटरीयन अखिल कोइराला, टिका जम्मरकट्टेल, डिल्लीराम मैनाली, भगवती बचत तथा ऋण सहकारीका अध्यक्ष ख्याम प्रसाई, नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लवका सस्थापक  अध्यक्ष तीर्थराज खरेल लगायातले नवनिर्वाचित समाजका अध्यक्ष ढुङ्गाना, महासचिव पोखरेल लगायतलाई स्वागत तथा सम्मान गरेका हुन् ।

सोही अवसरमा उक्त क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय झापाली समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले अन्तराष्ट्रिय झापाली समाजले झापामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको बताउँदै त्यसलाई निरन्तता दिदै जाने प्रतिवद्धता जनाएका छन् । 

ढुङ्गानाले झापाको सुरुङ्गामै एउटा लाईब्रेरी स्थापना गर्ने, कनकाई नगर अस्पतालमा डाइलेसिस मेशिनका लागि अन्य संस्थासँग समन्वय बताएका छन् । उनले धनुषकोटी  पिकनिक स्पर्टमा महिलाहरुका लागि एउटा सुविधा सम्पन्न शौचालय लगायातका लागि झापाली समाजले सहकार्य गरेर निर्माण गर्न तयार रहेको बताएका छन् ।