झापा ।  

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा देखिएको समस्या अस्थायी रुपमा समाधान गरिएको जनाएको छ । प्रणालीको डेस्कटप एप्लिकेशनमा श्रमिकको ओरियन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या उत्पन्न भएर श्रम स्वीकृति रोकिएको थियो ।

विभागले श्रम स्वीकृतिको समस्या समाधानका लागि हाललाई नयाँ र पुनः श्रम स्वीकृतिका लागि फेमिसमा बायोमेट्रिक प्रणालीलाई हटाइ ‘स्कीप गरी’ ओरियन्टेशन सेक्सनका लागि विभागमा दर्ता भएका ओरियन्टेशन संस्थाले प्रदान गरेको दुईदिने तालिमको प्रमाणपत्रको प्रति अपलोड गर्नुपर्ने जनाएको छ ।

 विभागले अनलाइन प्रणालीको माध्यमबाट सेवा प्रदान गरेर फेसलेस, क्यमसलेस र पेपरलेस वैदेशिक रोजगार प्रशासनको पैरवी गरिरहेको छ । विभागले  समस्याको तत्कालै समाधान गर्न विभागको प्राविधिक जनशक्ति लागिपरेको जनाएको छ ।