झापा । 

वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आएको प्राविधिक समस्या समाधन भएको जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक पर्ने अनलाइन प्रणालीमा केही समस्या आएको भएपनि कार्य पूर्ण रुपले प्रभावित नभएको जनाएको हो । 

फेमिसमा देखिएको समस्याका कारण वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको काम पूर्णरुपमा प्रभावित नभएको बिभागले सूचना जारी गरी जानकारी गराएको छ । 

 विभागले एक सूचना जारी गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक खण्ड (सेक्सन)लाई छोड्ने र ओरेन्टेशन खण्डका लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाबाट जारी दुई दिने अभिमुखीकरण तालिमको प्रमाणपत्र फेमिस प्रणालीमा समावेश गर्ने व्यवस्था मिलाएको जनाएको छ । समस्या समाधान भइसकेकाले श्रम स्वीकृति सम्बन्धि प्रक्रिया साविककै ब्यवस्था अनुसार गर्न बिभाले सूचनामा भनेको छ ।