झापा । 

म्यानपावर कम्पनीका कार्यालयहरुमा सूर्यचन्द्र अंकित राष्ट्रिय झण्डा र संघको झण्डा अनिवार्य रुपमा प्रयोगमा ल्याउन व्यवसायीहरूलाई आग्रह गरिएको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सवै व्यवसायीलाई आ–आफ्ना कार्यालयमा राष्ट्रिय झण्डा र संघको झण्डा अनिवार्य रुपमा प्रयोगमा ल्याउन आग्रह गरेको छ ।

संघका कार्यवाहक अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ तथा कार्यवाहक महासचिव कर्ण कटुवालले एक सूचनामार्फत व्यवसायीलाई नेपाली नागरिक भएका नाताले देशप्रति र वैदेशिक रोजगार व्यवसायी भएका नाताले संघप्रति आस्था र सम्मान देखाउन दुवै झण्डा आ–आफ्ना कार्यालयमा राख्न आग्रह गरेका हुन् । 

संघले म्यानपावर कम्पनी सञ्चालकको कार्य कक्षमा दायाँतर्फ राष्ट्रिय झण्डा र बायाँतर्फ संघको व्यावसायिक झण्डा राख्नसमेत आग्रह गरेको छ ।