बिर्तामोड । 

साहित्य चौतारी झापाले रजत उत्सव विशेष देउसी सञ्चालन गर्ने भएको छ । कात्तिक २८ गते गोवद्र्धन पूजाको दिन अघिल्ला वर्षमा जस्तै साहित्य चौतारीले देउसी आयोजना गरेको हो ।

देउसीमा सहभागिताका लागि स्रष्टा सर्जकलाई अपिल गरिएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १५५ औँ जन्म जयन्ती समेतको अवसरमा देउसी आयोजना गरिएको छ ।

नेपाल सम्वत ११४४ र महपूजाको समेत अवसर रहेको संरक्षक श्रेष्ठले बताए । बिहान ११ बजे दुर्गा मन्दिर परिसरबाट दक्षिणारहित देउसी सुरु हुनेछ ।

रजत उत्सव विशेष देउसीमा सहभागी हुँदा परम्परागत पोसाकमा उपस्थित भइदिन साहित्य चौतारीले अनुरोध पनि गरेको छ ।