झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भूकम्पमा परेका पीडित परिवालाई राहत संकलन अभियान शुरु गरेको जनाएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको गत शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम ठूलो जनधनको क्षति भएको थियो । 

त्यसमा विपत्तिमा परेकाहरूलाई तत्कालीन तथा दिर्घकालीन राहतका लागि सहयोग संकलन अभियान शुरू गरिएको संघले जनाएको हो । व्यवसायीबाट संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत राहत संकलन गरी नेपाल सरकारको राहत कोषमा हस्तान्तरण गरिने योजना रहेको जनाइएको छ ।

संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा चाँडो जुट्न सबै व्यवसायीहरुलाई आग्रहसमेत गरेको छ ।