बिर्तामोड । 

प्याब्सन बिर्तामोडको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १३ र १४ गते हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले हरेक बर्ष जस्तै यस बर्ष पनि सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

बिर्तामोड भरिका ४८ वटा विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा रचनात्मक रुपमा सम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष उत्तम खनालले जानकारी दिए । हरेक बिद्यालयले संस्थागत रुपमा विभिन्न कार्यक्रम गर्दै आएपनी सामुहिक रुपमा विद्यार्थी केन्द्रित कार्यक्रम प्याब्सनकै नेतृत्वमा हुने गरेकाले सबैलाई सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।

उमेर र समूह अनुसार नृत्य ,गायनमा विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने बताईएको छ । जिम्मेवारी बाड्फाड तथा योजना निर्माण बैठकमा बोल्दै प्याब्सन नगर सह(सचिब देबेन्द्र हुमागाईले बालबालिकाको क्षमता र प्रतिभालाई उजागर गर्ने प्लेटफमको रुपमा प्याब्सनको कार्यक्रम हुँदै आएकाले कार्यक्रम विद्यार्थी केन्द्रित हुने जानकारी दिए । नृत्य र गायन प्रतियोगितामा बिर्तामोड भरिका करिब २५ सय बिधार्थीको सहभागिता रहने उनले बताए ।

कोहेड स्कुलको प्राङ्गणमा हुने कार्यक्रममा २ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।प्रत्येक बर्ष प्याब्सनले गर्ने सांस्कृतिक,खेलकुद तथा अन्य कार्यक्रममा बिर्तामोड नगर क्षेत्रका बिद्यालयले रचनात्मक प्रस्तुति दिदै आएकाले यस कार्यक्रम लाई महत्त्वका साथमा हेरिएको सचिब सुरेन्द्र खरेलले बताए । उनका अनुसार नगरमा उत्कृष्ट हुने प्रतियोगी तथा समुहले जिल्लाको कार्यक्रममा सहभागीता जनाउन पाउने छन् ।