बिर्तामोड । 

झापाको बिर्तामोडमा साना तथा मझौला होटल एण्ड लजलाई अतिथि सत्कार सम्बन्धी जानकारी दिने उदेश्यले तीन दिने तालिम शुरु भएको छ ।  होटल संघ नेपालको आयोजना तथा होटल ब्यवसायी संघ झापाको सह–आयोजनामा झापाको बिर्तामोडमा शनिवार (आज) देखि  तीन दिने तालिम शुरु भएको हो । 

झापा सञ्चालित साना तथा मझौला होटल तथा लजलाई अतिथि सत्कार, खाद्य स्वाच्छता, किचन ब्यवस्थापन, सरसफाई सम्बन्धी जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् । आजदेखि शुरु भएको तालिम मंंसीर ११ गते सम्पन्न हुने अध्यक्ष श्रेष्ठले बताइन् । 

hotel talim

संघकी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलालले गरेका छन् । तालिममा झापा भरका साना तथा मझौला होटल तथा लज सञ्चालन गर्ने ३० जनाको सहभागीता रहेको छ । तालिमको सहजीकरण सूर्यकिरण श्रेष्ठले गर्दैछन् । 

स्वागत संघका झापा सल्लाहकार संयोजक डिल्लीराम मैनालीले गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा बिर्तामोड नगर उप–प्रमुख संग्रौला, होटल ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रबिन गौतम, होल संघ नेपालका केन्द्रिय महसचिव साजन शाक्य, मेचीनगर होटल ब्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिमको औचित्यमाथि प्रकाश प्रशिक्षक सूर्यकिरण श्रेष्ठले पारेको उद्घाटन कार्यक्रमको सञ्चालन संघका झापा महासचिव शिवराज पौडेलले गरेका थिए ।