बिर्तामोड । 

निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक कार्यक्रम अन्तरगत  प्याब्सन बिर्तामोडको आयोजनामा दुईदिने सांस्कृतिक कार्यक्रम शुरु भएको छ । 

बिर्तामोडस्थित कोहेड बिद्यालयमा बुधवार (आज) बाट शुरु भएको नगर स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०८० भोली बिहिबार सम्पन्न गरिने प्याब्सनका नगर अध्यक्ष उत्तम खनालले जानकारी दिए । 

आजबाट शुरु भएको सांस्कृतिक कार्यक्रमको औपचारिक उद्घाटन बिर्तामोड नगरपालिका नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईले गरेकी हुन् । उद्घाटन कार्यक्रममा प्याब्सन बिर्तामोड नगर सह–सचिव तथा न्युटन्स एकाडेमी एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुुमागाईले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिब सुरेन्द्र खरेलले गरेका थिए । 

पहिलो चरणमा औपचारिक उद्घाटन भएको कार्यक्रममा प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, न्युटन्स एजुकेशन एकाडेमीकी संस्थापक धर्मा पराजुली प्रसाई, कोहेड स्कुलका प्रिन्सिपल कमल तिम्सििना, कोहेडका संयोजक केशव प्रसाई, बालबालिका शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, चेम्बर्स अफ कमर्सका झापा अध्यक्ष ओम बिमली, उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता विमलीलगायतको उपस्थिति रहेको थियो । 

pabsan

आज शुरु भएको सांस्कृतिक कार्यक्रम अन्तरगत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीले सामुहिक नेपाली आधुनिक नृत्य र कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीले सामुहिक राष्ट्रिय नृत्य प्रस्तुत गरेका छन् । 

त्यस्तै भोली बिहीवार हुने कार्यक्रम अन्तरगत पहिलो चरणमा १२ बर्षमुनिका र १२ बर्ष माथिका बालबालिकाको गायन प्रस्तुती रहनेछ । त्यसैगरी कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीको सांस्कृति नृत्य, कक्षा ११ र १२ का बिद्यार्थीको गायन प्रतियोगिता हुने नगर सह–सचिव हुमागाईले जानकारी दिए । नगरमा उत्कृष्ट हुने बिद्यार्थी तथा समुहले जिल्लाको कार्यक्रममा सहभागीता जनाउन पाउने जनाइएको छ । प्रतियोगिताको निर्यायक मण्डलीमा सुमन योगी, मनिष कटुवाल र प्रनिसा उदास रहेका छन् । 

बिर्तामोड नगरमा ५२ वटा निजि बिद्यालय रहेको र ती मध्ये आजको पहिलो दिनको कार्यक्रममा ३० वटा भन्दा वढी बिद्यालयको सहभागी रहेको नगर सचिव खरेलले जानकारी दिए । उनका अनुसार भोलीको कार्यक्रममा ३५ वटा भन्दा वढी बिद्यालयले सहभागीता जनाउने छन् ।