झापा । 

संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले जाजरकोटका भूकम्प पीडितहरुलाई कम्बल वितरण गरेको छ। राहत सामग्री लिएर मञ्चका अध्यक्ष जनक रावल, उपमहासचिव दण्डपाणि भट्टराई र कोषाध्यक्ष शितल मैनाली जाजरकोट पुगेका थिए।

मञ्चले नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यको संयोजनमा जाजरकोटस्थित  कुशे गाउँपालिकाका वडा नम्बर २, ८ र ९ का भूकम्प पीडितलाई कम्बल वितरण गरेको हो ।

अध्यक्ष रावलले मञ्चका तर्फबाट भूकम्प पीडितका लागि कम्तीमा २५ बण्डल जस्तापाता कुशे गाउँपालिकाका विभिन्न वडामा पुर्‍याउने प्रयत्न भइरहेको जानकारी दिए ।