झापा । 

वैदेशिक रोजगारीका लागि पठाउने बहानामा ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बलबहादुर थापा मगरसहित तीन जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै १७ लाख १७ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटालाई प्रहरीले पक्राउ गरेको  हो ।

 बास्कोटाले मगरसहित तीन जनालाई प्रतिव्यक्ति ८ लाख रुपैयाँका दरले खर्च लाग्ने भन्दै विभिन्न मितिमा १७ लाख १७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बास्कोटाले पीडितहरूलाई मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारेर रकम ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

त्यस्तै आकर्षक तलब सुविधासहितको वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक माल्टा दिने भन्दै दुई जनाबाट ६ लाख आठ हजार रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले  धादिङ त्रिपुरासुन्दरीकी लक्ष्मी श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।