झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका सञ्चालन स्वास्थ्य संस्थाको नवीकरण तथा सूचीकरण खुलाएको छ । मन्त्रालयले वैदेशिक रोजगार ऐनको दफा ७२ र वैदेशिक रोजगार नियमावलीको नियम ४५ (क) अनुसार आगामी पुस मसान्तसम्म नवीकरण तथा सूचीकरणका लागि स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

 वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि नवीकरण हुन पुस मसान्तभित्र निवेदन दिनुपर्ने प्रावधान छ । 

 वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सूचीकरण र नवीकरण गरेको मितिदेखि तेस्रो वर्षको पुस १ गतेदेखि मसान्तसम्ममा १५ हजार रुपैयाँ नवीकरण दस्तुर बुझाइ नवीकरण तथा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रालयले नवीकरणका लागि दिने निवेदनका साथमा वैदेशिक रोजगार कल्याणकारी कोषमा एभरेस्ट बैंकको सिंहदरबार वा जुनसुकै शाखामा नवीकरण  गत वर्ष मन्त्रालयले २ सय १६ स्वास्थ्य संस्था नवीकरण गरेको थियो ।