झापा । 

झापाली समाज युएईको नयाँ सोच गरिब असाहय र बालबालिकाको लागि अक्षयकोष भन्ने मुल नारासहित  छात्रवृत्ति वितरण गरेको छ । झापाको कनकाई नगरपालिका वडा नम्बर–३ मा रहेको झापाली समाज युएई नेपाल सम्पर्क समितिको कार्यालयमार्फत  छात्रवृत्ति वितरण गरेको हो । 

झापाल समाज युएई सम्पर्क समिति अध्यक्ष राजेन्द्रकुमार दाहालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति कनकाई वडा नम्बर–३ का वडाध्यक्ष युवराज चौलागाईं रहेका थिए । 

 छात्रवृत्तिमा बिर्तामोड नगरपालिकाबाट दिपक बुढाथोकी, झापा गाउँपालिकाबाट निरुता टुडु, हल्दिबारी गाउँपालिकाबाट जेनिशा परियार, शिवसताक्षी गाउँपालिकाबाट उर्मिला बेगा, भद्रपुर नगरपालिकाबाट सग्खर ऋषिदेव, बाह्रदशी गाउँपालिकाबाट  विष्णु माया लिम्बू, कचनकवल गाउँपालिकाबाट पुष्कर कार्की, मेचीनगर नगरपालिकाबाट लिला बुढाथोकीलगायत छनोट कार्यमा परेका आयोजक समितिले जनाएको छ। उक्त छनोटमा पर्ने विद्यार्थीहरुलाई चेक मार्फत  छात्रवृत्ति वितरण गरिएको थियो।

 स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश सस्थाका सल्लाहकार समिति संयोजक प्रदिपकुमार संग्रौलाले गरेको कार्यक्रमको सन्चालन सस्थाका सचिव मित्रलाल पोख्रेलले गरेका थिए ।