झापा । 

पछिल्लो समय बिभिन्न मुलुकमा राम्रो तलब सुबिधाको प्रलोभन देखाएर ठगी गरेका घटना बढ्दै गएका छन् । यसै क्रममा वैदेशिक रोजगारका लागि अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ घर भइ हाल काठमाडौंको कोटेश्वर बस्ने रमेश न्यौपानेलाई पनि प्रलोभनमा पारेर ठगी गरेको आरोपमा पक्राउ गरेको छ।  न्यौपानेले गणेश अधिकारीसहित पाँथ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोप छ । 

उनले प्रतिव्यक्ति ३५ लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा मासिक तीन लाख रुपैयाँ तलब हुने विश्वास दिलाएर पीडितहरुबाट पटक–पटक गरेर ६४ लाख ४५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । 

न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।