झापा । 

वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनेर सात लाख पाँच हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका एक ब्यक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

जुम्लाको हिमा गाउँपालिकाका धर्मेन्द्र शाहीले सोमबार तामाङसहित दुई जनालाई युरोपेली मुलुक माल्टा पठाउने भन्दै ७ लाख ५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पीडितका तर्फबाट विभागमा उजुरी  परेको थियो। पिडीतको उजुरीको आधारमा शाहीलाई पक्राउ गरिएको हो । 

शाहीले माल्टाको रोजगारीका लागि प्रतिव्यक्ति दश लाख रुपैयाँ लाग्ने भन्दै उक्त रकम उठाएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

शाहीले माल्टाको प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक १ लाख १० हजार रुपैयाँ तलब हुने विश्वास दिलाएर रकम लिएको देखिएको प्रहरीले जनाएको छ । शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।