झापा  । 

 दुबईमा वैदेशिक रोजगारका लागि राम्रो तलब र सेवासुबिधाको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ घर भइ हाल काठमाडौं बाफल बस्ने लक्ष्मण श्रेष्ठलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

 श्रेष्ठले शुरुमा २ लाख ४० हजार रुपैयाँ लाग्छ भनेर १ लाख ९५ हजार रुपैयाँ लिएर फरार भएको अवस्थामा नयाँ बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको जनाएको छ ।